‘ज्वाइँ साब’मा जोडिए हिमेश पन्त

‘ज्वाइँ साब’मा जोडिए हिमेश पन्त

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पहिलो ‘कमेडी च्याम्पियन’का विजेता हिमेश पन्त ‘ज्वाइँ साब’मा अनुबन्धित भएका छन् । बुधबार उनले फिल्मका लागि  सम्झौता गरेका हुन् । फिल्ममा हिमेशको कमेडी भूमिका हुने जनाइएको छ ।

यो हिमेशको तेश्रो सिनेमा हो। यसअघि उनी ‘वर एण्ड वधु’ तथा ‘शमशेर’मा अनुबन्धित भएका थिए।  सिनेमालाई वसन्त निरौलाले निर्देशन गर्दैछन्।

जितु नेपाल र नीति शाह मुख्य भूमिका रहेको सिनेमा आगामी बैशाख १५ गतेदेखि फ्लोरमा जानेछ। राजकुमार पण्डित, मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङ निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता विजय बस्याल  हुन् ।  सविन अधिकारीको कथा रहेको सिनेमामा शंकर धितालको पटकथा तथा संवाद लेखन छ ।

Recent Comments

No comments to show.