‘द रेड सुटकेस’ क्युएफएक्समा रिलिज नगर्ने घोषणा

‘द रेड सुटकेस’ क्युएफएक्समा रिलिज नगर्ने घोषणा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘द रेड सुटकेस’ क्युएफएक्समा रिलिज नहुने भएको छ।

निर्माण कम्पनी आईसफल प्रोडक्सनले आइतबार विज्ञप्ती जारी गर्दै आफ्नो फिल्म क्युएफएक्स चेनका हलमा रिलिज नगर्ने घोषणा गरेको हो।

‘भेनिस फिल्म फेस्टिभल’मा वल्र्ड प्रिमियर भई विश्वका अन्य प्रतिष्ठित फेस्टिभलमा पुरस्कृतसमेत फिल्मलाई क्युएफएक्सले बेवास्ता गर्दै नयाँ वर्षको अवसरमा रिलिज नगर्न र अर्को हप्ता सार्न भनेपछि आफुहरू दुःखी भएको विज्ञिप्तमा उल्लेख छ।

‘विदेशमा दर्शक तथा समीक्षकबाट चलचित्रले राम्रै तारिफ पाए पनि हाम्रो लागि घरेलु दर्शकको प्रतिक्रियाको बेग्लै अर्थ रहन्छ। यही कारण पनि विदेशी वितरकको क्यालेन्डरसँग सामन्जस्यता मिलाउँदै हामीले चैत्र ३० गतेलाई प्रदर्शन मिति घोषणा गरेका हौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘तर प्रदर्शनको संघारमा देशको सबैभन्दा ठूलो सिनेमा चेन क्युएफएक्सले भने ‘द रेड सुटकेस’ लाई अन्य देशी–विदेशी फिल्मको चापका कारण उचित सो दिन नसकिने र अर्को हप्ता रिलिज गरे पुनर्विचार गर्न सकिने आशयको इमेल लेखेपछि हामीले यसलाई आपत्तिजनक मान्दै क्युएफएक्स चेनमा चलचित्र प्रदर्शन नगर्ने घोषणा गरेका छौं।’

निर्माण युनिटले आफ्नो निर्णयले दर्शकमा पर्न जाने असुविधाका माफी पनि मागेको छ। क्युएफक्स बाहेकका सिनेमा घरमा भने चलचित्र निर्धारित मितिमा नै प्रदर्शन हुनेछ।

देशलाई फिल्मको माध्यमबाट संसारभर प्रतिनिधित्व गर्ने ‘द रेड सुटकेस’ जस्ता फिल्ममाथि नेपालमा व्यापारको नाममा हुने विभेद नयाँ नभएको पनि पनि विज्ञप्तिमा उल्लेख छ।

फिल्मलाई युएफओ च्यानलले युरोपको लागि यसै साता खरिद गरेको छ भने अन्य देशमा पनि यसको विक्री वितरण भइरहेको छ। फिडेल देवकोटाको लेखन र निर्देशन रहेको फिल्ममा सौगात मल्ल, विपीन कार्की, प्रविण खतिवडा र सृष्टि श्रेष्ठलगायतको अभिनय छ।

Recent Comments

No comments to show.