एमाले नेता महेश बस्नेतविरुद्ध बलात्कार कसुरमा जाहेरी

एमाले नेता महेश बस्नेतविरुद्ध बलात्कार कसुरमा जाहेरी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध बलात्कार, भ्रुण हत्या र डाका चोरीको आरोपसहित प्रहरीमा जाहेरी दर्ता भएको छ।

बस्नेतमाथि फौजदारी कसुरमा कारबाहीको मागसहित जाहेरी दर्ता भएको हो। एमाले निकट एक महिलाले हुलाकमार्फत जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता गराएकी हुन्।

उक्त जाहेरी दर्ता भइसकेको प्रहरीले जनाएको छ । प्रहरीले जनाए अनुसार पीडित महिलाले चैत ७ मा हुलाकमार्फत जाहेरी पठाएकी थिइन्।

पीडित महिलाले बस्नेतले आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन । पीडितले औषधी खुवाएर र अप्रेसन गरेर दुई पटक भ्रुण हत्या गरेको आरोप लगाएकी छन्।

प्रमाण नष्ट गर्न बस्नेतको निर्देशनमा आफु बस्ने अपार्टमेन्टमा २०८० साल फागुन ८ गते डाका चोरी गराइएको आरोप समेत बस्नेविरुद्ध दर्ता भएको जाहेरीमा लगाइएको छ।

जाहेरी दर्तापछि जिल्ला प्रहरी परिसर काठमाडौंले पीडितको दाबीलाई लिएर तथ्य प्रमाणको ‘भेरिफाई’ गर्ने कार्य अघि बढाएको छ।

Recent Comments

No comments to show.