महिला आयोगको सदस्य र समावेशी आयोगको अध्यक्षमा दरखास्त आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संवैधानिक परिषदले राष्ट्रिय महिला आयोगमा रिक्त एक सदस्य र राष्ट्रिय समावेशी आयोगमा रिक्त हुन लागेको अध्यक्ष पदका लागि इच्छुक उम्मेदवारबाट आवेदन माग गरेको छ । राष्ट्रिय समावेशी आयोगको अध्यक्ष पद आगामी वैशाख २ गतेदेखि रिक्त हुँदै छ ।

त्यसैले परिषदले अभिलेख राख्ने प्रयोजनका लागि भन्दै नियुक्त हुन योग्यता पुगेका इच्छुक नेपालीहरुबाट आवेदन माग गरेको हो । आवेदन आज सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बुझाउनुपर्ने छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेबसाइटको ‘सूचना तथा समाचार’ खण्डभित्र उपलब्ध फारम भरी विद्युतीय प्रतिसहित बुझाउन वा संवैधानिक परिषदको सचिवालयको इमेल ठेगानामा [email protected] मा पठाउन आह्वान गरिएको हो । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।