२६ निर्माण ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया, पुनः ७ दिने स्पष्टीकरण माग

२६ निर्माण ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया, पुनः ७ दिने स्पष्टीकरण माग

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २६ ठेकेदार कम्पनीहरुलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ ।

३० दिनभित्र लिखित स्पष्टीकरण बुझाउन पत्राचार गर्दा पनि बेवास्ता गरेपछि कार्यालयले आज सात दिने सूचना जारी गर्दै पुनः स्पष्टीकरण माग गरेको छ ।

विभिन्न निकायको सिफारिसको आधारमा ती निर्माण कम्पनीलाई कालोसूचीमा राख्न प्रक्रिया अघि बढेको कार्यालयद्वारा आज जारी सूचनामा उल्लेख छ ।

‘ठेकेदार कम्पनीहरूको ठेगानामा सूचना पठाइएकोमा हालसम्म पनि लिखित स्पष्टीकरण पेस हुन नआएकोले यो सूचना प्रकाशन गरिएको छ । तसर्थ सो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न हुन सम्बन्धित निर्माण व्यवसायी, आपूर्तिकर्ताहरूको जानकारीका लागि सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ को उपनियम (४क) को प्रयोजनार्थ यो सूचना प्रकाशित गरिएको छ,’ उसले भनेको छ।

आफूले जिम्मा लिएको काम समयमा नसकेर ढिलासुस्ती गर्नेहरुलाई कालोसूचीमा राख्ने गरिन्छ । कालो सूचीमा परेकाहरुले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि ठेक्कापट्टा वा खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।

Recent Comments

No comments to show.