शिक्षकहरु स्थानीय तहको मातहत बस्न नमान्नु गलतः योगेश भट्टराई

शिक्षकहरु स्थानीय तहको मातहत बस्न नमान्नु गलतः योगेश भट्टराई

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले जनप्रतिनिधिको मातहतमा शिक्षकहरु बस्न नमान्नु गलत भएको बताएका छन्।

आइतबार सामुदायिक विद्यालय व्यवस्था समिति महासंघको स्थापना दिवसको अवसरमा काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै सचिव भट्टराईले विद्यालय शिक्षा विधेयकको विषयलाई लिएर पछिल्लो समय शिक्षकहरुले स्थानीय तहको मातहतमा नराख्न माग गर्नु जायज नभएको बताए।

उनले सामुदायिक विद्यालयका शिक्षकहरुमा विद्यालय शिक्षा विधेयकको विषयमा भएको त्रास र भयलाई सरकारले सम्बोधन गरी विश्वासमा लिन जरुरी रहेको बताए। उनले विद्यालय शिक्षा संविधानको अनुसूचीले नै स्थानीय तहको मातहतमा रहने भनेर स्पष्ट व्यवस्था गरेको बताए।

उनले अन्यथा सरकारले संविधानको अनुसूची संशोधन गर्नुपर्ने भन्दै त्योबाहेक सरकारसँग अन्य उपाय नभएको उल्लेख गरे। उनले शिक्षकहरु जिल्ला शिक्षा कार्यालयको कुनै कर्मचारीको मातहतमा बसेर काम गर्ने तयार हुने तर जनताले मत दिएर निर्वाचित जनप्रतिनिधिसँग बस्न नमान्नु जायज नभएको टिप्पणी गरे।

उनले शिक्षकहरुले जनप्रतिनिधिहरुको निगरानी वा सहकार्यमा छौँ भन्ने बुझ्न आवश्यक रहेको बताए। शिक्षा शाखाका अधिकारीभन्दा जनप्रतिनिधिले अलि बढी दायित्व तथा उत्तरदायित्व बहन गर्नुपर्ने उनको भनाइ थियो।

उनले स्थानीय तहको शिक्षामा गुणस्तर, पाठनपाठन, व्यवस्थापन साथै प्रशासन चुस्तदुरुस्त बनाउने र जनताको मन जित्ने उद्देश्य हुने भएकाले जनप्रतिनिधिले खेलाँची गरेर शिक्षकमाथि अन्याय नगर्ने दाबी गरे। उनले विद्यालय शिक्षा ऐन सजिलै जनप्रतिनिधिले हस्तक्षेप गर्ने खालको नहुने पनि बताए।

Recent Comments

No comments to show.