कांग्रेसलाई बहुमत ल्याउनसक्ने पार्टीको रुपमा स्थापित गर्नुछः देउवा

कांग्रेसलाई बहुमत ल्याउनसक्ने पार्टीको रुपमा स्थापित गर्नुछः देउवा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई आगामी निर्वाचनमा बहुमत ल्याउनसक्ने पार्टीको रुपमा स्थापित गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।

मंगलादेशी सिंह फाउण्डेशनले आइतबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेसलाई आगामी निर्वाचनमा बहुमत ल्याउन सक्ने पार्टीको रुपमा स्थापित गर्नुपर्ने बताएका हुन्।

सभापति देउवाले कांग्रेसलाई आगामी दिनमा बहुमत ल्याउनसक्ने पार्टी बनाउनका लागि महिलाहरुको महत्वपूर्ण भुमिका हुने भन्दै त्यस काममा लाग्न पनि आग्रह गरे।

उनले पार्टीमा आबद्ध महिलाहरुलाई अझ बढी सशक्तीकरण गर्दै नेपाली कांग्रेसलाई आगामी दिनमा बहुमत ल्याउने पार्टी बनाउन सिंगो पार्टी पंक्ति लाग्नुपर्ने बताए।

सभापति देउवाले महिलाहरुको हक अधिकार संविधानमा नै स्थापित गराउने काममा मंगलादेवी सिंहले खेलेको भूमिका महत्वपूर्ण रहेकोसमेत उल्लेख गरे।

उनले समावेशी, समानुपातिक र महिला हक, अधिकारको दृृष्टिले नेपालको संविधान विश्वकै संविधानमध्येको एक उत्कृष्ट दस्तावेजको रुपमा रहेको दाबीसमेत गरे।

उनले भने,’अहिलेको हिसाबले सबैभन्दा ठूलो पार्टी छ हाम्रो पार्टी। तर बहुमत प्राप्त गरेको छैन। बहुमत प्राप्त गर्न सजिलो पनि छैन वास्तवमा। अहिलको बेला समावेशी, समानुपातिक आधारको संविधान भएको कारण सबैलाई प्रतिनिधित्व गर्ने हिसाबले बहुमत आउन गाह्रो छ। तर पनि अहिले हाम्रो पार्टी ठूलो पार्टी छ। भोलि बहुमत ल्याउन सक्ने पार्टीको रुपमा हामीले स्थापित गर्नुछ।’

Recent Comments

No comments to show.