काठमाडौं । नेपाल ‘ए’ ले आयरल्याण्ड ‘ए’ विरुद्ध लगातार दोस्रो हार बेहोरेको छ । शनिबार भएको दोस्रो टी–२० खेलमा नेपाल ४० रनले पराजित भएको हो । २ सय २५ रनको लक्ष्य पाएको नेपालले १७.५ ओभरमा १ सय ८४ रन मात्र बनाउन सक्यो । योसँगै तीन खेलको सिरिज आयरल्यान्ड ए ले एक खेल अगावै जितेको छ । पहिलो ६ ओभरमा ८७ रन जोडेको नेपालले मध्यम र तल्लो क्रममा त्यसलाई निरन्तरता दिन सकेन । ब्याटर लोकेश बलले २५ रन, कप्तान विनोद भण्डारी २६ र देव खनाल ४७ रन जोड्दै नेपाललाई सानदार सुरुवात दिलाएका थिए ।
त्यसपछि भने लगातार विकेट झर्यो ।
प्रतिक्रिया