सुनको भाउमा नयाँ कीर्तिमान, प्रतितोला १ लाख ३० हजार पुग्यो

सुनको भाउमा नयाँ कीर्तिमान, प्रतितोला १ लाख ३० हजार पुग्यो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निरन्तर उकालो लागेको सुनको मूल्यले शुक्रबार पुनः नयाँ कीर्तिमान बनाएको छ। लगातार बढिरहेको सुन आज प्रतितोला २ हजार १ सय बढेर एक लाख ३० हजार रुपैयाँ पुगेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख २७ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख २९ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार पाँच सय २५ रूपैयाँ पुगेको महासंघले जनाएको छ।

बिहीबार चाँदी प्रतितोला एक हजार पाँच सय १० रूपैयाँमा कारोबार भएको थियाे।

Recent Comments

No comments to show.