शिक्षकहरूको जिलान्तर सरुवा रोक्का

शिक्षकहरूको जिलान्तर सरुवा रोक्का

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विद्यालय तहका शिक्षकहरूको जिलान्तर सरुवा रोक्का गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चैत ५ गतेको मन्त्रीस्तरीय निर्णयबाट जिल्लान्तर सरुवा रोक्का गरिएको हो ।

शिक्षक सरुवालाई थप व्यवस्थित र पारदर्शी बनाउन शिक्षा तथा मान स्रोत विकास केन्द्रमार्फत मापदण्ड निर्माण कार्य भइरहेकाले अर्को व्यवस्था नभएसम्मका लागि सरुवा रोक्का गरिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

यससम्बन्धी निश्चित मापदण्ड नबन्दा विगत वर्षहरूदेखि नै शिक्षकहरूको सरुवा अव्यवस्थित ढंगले हुँदै आएको छ ।

मन्त्रालयले ७५३ वटै स्थानीय तह र ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई जिल्लान्तर सरुवा रोक्काको निर्णय कार्यान्वयन गर्न सर्कुलरसमेत गरेको छ ।

Recent Comments

No comments to show.