काठमाडौं । जीवन बीमा कम्पनीहरुका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरु सम्मानित भएका छन् । जीवन बीमक संघ नेपालले ५ जना पूर्व सीईओहरुलाई सम्मान गरेको हो ।
संघले जीवन बीमा कम्पनीका पूर्व सीईओहरु रमेश कुमार भट्टराई, मनोज कुमार भट्टराई, कवि पाठक, निर्मल दाहाल र एलपी दासलाई सम्मान गरेको हो । नेपाली बीमा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको संघका अध्यक्ष पोषकराज पौडेलले जानकारी दिए ।
एक कार्यक्रमकाबीच नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले पूर्व सीईओहरुलाई सम्मान पत्र प्रदान गरेका थिए ।
प्रतिक्रिया