तराईमा तस्करको सञ्जाल छैन : महानिरीक्षक अर्याल

तराईमा तस्करको सञ्जाल छैन : महानिरीक्षक अर्याल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललेले तराईमा तस्करको सञ्जाल नभएको बताएका छन्।

बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महानिरीक्षक अर्यालले तराईमा तस्करको सञ्जाल नभएको बताएका हुन्। उनले कोही व्यक्ति विशेषले गरेको भएपनि सञ्जालकै रुपमा भने तस्करी नभएको उल्लेख गरे।

‘अहिले तराईमा तस्करको सञ्जाल छैन। व्यक्ति विशेषले हाम्रो समाज, राजनीतिक कार्यकर्ता, स्थानीय निकायमा व्यक्ति विशेषले भ्रष्टाचार गर्ला। तस्करी गर्ला। सञ्जालको रुपमा तस्करी नभएको कुरा जिम्मा लिएरै अवगत गराउन चाहेँ। फेला परे सञ्जाललाई हामी तुरुन्तै काट्छौँ। त्यसका लागि समाज र त्यो ठाउँको राजनीतिक नेतृत्वले पनि सहयोग गर्नुपर्ने आवश्यकता देखेको छु।’ उनले भने।

उनले सीमामा सशस्त्र प्रहरीको पोष्ट राख्नका लागि जग्गा नै नदिइने गरेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए। सरकारले राष्ट्रिय गौरवको आयोजनाकै रुपमा लिएर सीमानामा सशस्त्र प्रहरी बलको पोष्ट राख्नुपर्ने उल्लेख गरे।

Recent Comments

No comments to show.