कार्गो जहाज ठोक्किँदा बाल्टिमोरको पुल भत्कियो

कार्गो जहाज ठोक्किँदा बाल्टिमोरको पुल भत्कियो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङटन डिसी । कार्गो जहाज ठोक्किँदा अमेरिकाको मेरिल्यान्डको बाल्टिमोरमा पुल भत्किएको छ।

मंगलबार बिहान कार्गो जहाज ठोक्किँदा २.५७ किलोमिटर लामो फ्रान्सिस स्कट की पुल भत्किएको होc

कम्तीमा ७ वटा गाडी नदीमा खसेको पसञ्चारमाध्यमहरूले जनाएका छन्। जहाजले पुललाई ठक्कर दिँदा पुलका केही स्पानहरू भत्किएका छन्।

बाल्टिमोर सिटी फायर डिपार्टमेन्टलाई उद्धृत गर्दै सीएनएनले २० जनाको खोजी भइरहेको जनाएको छ। घटनापछि मेरिल्यान्डका गभर्नर वेस मुरले राज्यमा आपत्काल घोषणा गरेका छन्।

अहिले नदीमा हराइरहेका व्यक्तिको खोजीका लागि गोताखार परिचालन गरिएको छ।

सन् १९७७ मा सञ्चालनमा आएको उक्त पुल मेरिल्यान्डका लेखक तथा अधिवक्ता फ्रान्सिस स्कट कीको सम्मानमा नामकरण गरिएको थियो।

Recent Comments

No comments to show.