पत्रकार अमृत पौडेलको दोहोरी गीत ‘दिलमा रोप्यौ तिर’बजारमा(भिडियोसहित)

पत्रकार अमृत पौडेलको दोहोरी गीत ‘दिलमा रोप्यौ तिर’बजारमा(भिडियोसहित)

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पत्रकार तथा सर्जक अमृत पौडेलको शब्द रचनामा नयाँ गीत ‘दिलमा रोप्यौ तिर’ सार्बजनिक भएको छ ।

माया प्रेममा बिछोडिएका प्रेमिल जोडीको पीडा र बेदनालाई समेटेर तयार पारिएको बियोगान्तक गीतलाई श्रीराम पौडेल (निर्दोश) ले संगीत भरेका छन् । गीतमा अमृत पौडेल, शेर बहादुर गुरुङ र सरस्वती गुरुङको सुमधुर स्वर रहेको छ ।

माछापुच्छ्रे मिडिया नेटवर्कले निर्माण गरेको गीतको लिरिकल भिडियो नयाँपुस्ता एचडीको युट्युब च्यानलमा हेर्न सकिन्छ । १३ वर्षअघि नमस्ते पोखरा स्टुडियोमा रेकर्डिङ भएको गीत अमर न्यौपानेले रेर्कडिङ तथा सम्पादन गरेर गीतलाई जीवन्त बनाएका हुन् । 

लामो समयदेखि पत्रकारितामा आबद्ध पौडल हाल नयाँ पुस्ता डटकममा प्रधान सम्पादकको जिम्मेवारीमा छन् । यसअघि पौडेलका लोक दोहोरी गीत पार्यौ बन्धकी र दुःख पाको छु सार्बजनिक भइसकेका छन् । 

Recent Comments

No comments to show.