बढ्यो सुनचाँदीको भाउ, प्रतितोला कति पुग्यो ?

बढ्यो सुनचाँदीको भाउ, प्रतितोला कति पुग्यो ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुनको भाउ वृद्धि भएको छ । नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला २०० रुपैयाँले वृद्धि भएको हो ।

अघिल्लो दिन अर्थात् शुक्रबार १ लाख २६ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । तर, आज भने बढेर १ लाख २६ हजार ७०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको भाउ भने १ लाख २६ हजार १०० रुपैयाँ तोकिएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले वृद्धि भई १ हजार ५१५ रुपैयाँ पुगेको छ ।

Recent Comments

No comments to show.