तामाको तारमा आधारित टेलिफोन सेवा बन्द गर्दै टेलिकम, फाइबरमा अपग्रेड गर्न आग्रह

तामाको तारमा आधारित टेलिफोन सेवा बन्द गर्दै टेलिकम, फाइबरमा अपग्रेड गर्न आग्रह

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाल टेलिकमले तामाको तारमा आधारित ल्यान्डलाइन टेलिफोनलाई यथाशीघ्र आधुनिक फाइबर प्रविधिमा अपग्रेड गराउन आग्रह गरेको छ।

टेलिकमले चैत १८ गतेदेखि तामाको तारबाट सञ्चालित सेवा बन्द हुने भएकोले आधुनिक प्रणालीमा रुपान्तरण गर्न सूचित गरेको हो।

टेलिकमको दूरसञ्चार कार्यालय बलम्बुले आफू मातहत पर्ने अधिकांश स्थानहरुमा आधारभूत टेलिफोन (पीएसटीएन) सेवाहरु एफटीटीएच प्रविधिमा माइग्रेसन भइसकेले अपग्रड गर्न आग्रह गरेको छ ।

कार्यालयले थानकोट, चेकपोस्ट, आयल निगम, केबलबार, पानीघाट, वाणस्थली, महादेवस्थानलगायतका स्थानका ग्राहकहरुलाई फाइबर प्रविधिमा अपग्रेड गर्न भनेको हो।

Recent Comments

No comments to show.