सिटिजन्स बैंकका ग्राहकले भारतको मेदान्त-द मेडिसिटि हस्पिटलमा विशेष छुट पाउने

सिटिजन्स बैंकका ग्राहकले भारतको मेदान्त-द मेडिसिटि हस्पिटलमा विशेष छुट पाउने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले भारतको गुँडगाँव स्थित मेदान्त– द मेडिसिटि अस्पतालमा विशेष छुट पाउने भएका छन् ।

बैंकको कार्ड बाहक ग्राहकले अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट पाउनेछन् । गुँडगाँव, हरियाणा स्थित मेदान्त अस्पतालमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले हस्ताक्षर सम्झौतामा हस्ताक्षर गरेका छन्।

यस्तो सम्झौताले बैंकका ग्राहकले अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिन पाउनेछन् ।

यस्तो किसिमको सुविधा विगत ४ वर्ष देखि निरन्तर रुपमा उपलव्ध गराउँदै आइरहेको छ ।

बैंकले १९० वटा शाखा, १५३ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ३६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Recent Comments

No comments to show.