काठमाडौं । नेपाल प्रहरीका हवल्दार चक्रबहादुर शाही आफैं पक्राउ परेका छन् ।
बानेश्वर वृत्तमा कार्यरत उनलाई लुटपाटको अभियोग छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई बुधबार पक्राउ गरेको हो । डलर साट्ने नाममा ठगी गर्नेलाई लुटेको अनुसन्धानमा खुलेपछि उनी पक्राउ परेका हुन् । करिब पाँच लाख रुपैयाँ यसरी उनले लुटेको खुलेको छ ।
यसमा अन्य प्रहरीको समेत मिलमेतोको आशंका गरिएको छ ।
प्रतिक्रिया