सभामुख घिमिरेको नेतृत्वमा दश सदस्यीय प्रतिनिधिमण्डल स्वीट्जरल्याण्ड प्रस्थान

सभामुख घिमिरेको नेतृत्वमा दश सदस्यीय प्रतिनिधिमण्डल स्वीट्जरल्याण्ड प्रस्थान

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका संघ (आइपियु)को १४८औँ महासभामा सहभागी हुन दश सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड प्रस्थान गरेका छन्।

चैत १० देखि १४ गतेसम्म अन्तर व्यवस्थापिका सङ्घको प्रधान कार्यालय रहेको जेनेभामा सञ्चालन हुने महासभामा सहभागी हुन सभामुख घिमिरे नेतृत्वको प्रतिनिधिमण्डल बिहीबार कतार एयरलान्सको उडानबाट दोहा हँुदै जेनेभातर्फ प्रस्थान गरेका हुन्।

महासभामा सभामुख घिमिरेसहित संसदीय दलका प्रमुख सचेतक नेपाली कांग्रेसका रमेश लेखक, एमालेकामहेशकुमार बर्तौला, माओवादी केन्द्रका हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियार सहभागी छन्।

महासचिव पद्यप्रसाद पाण्डे पनि भ्रमण दलमा सहभागी छन्।

यस्तै राष्ट्रियसभा सदस्य गङ्गाकुमारी बेलबासे, सङ्घीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरी, उपसचिव प्रदीप गुरागाई र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईसमेत सहभागी भएका छन्।

सभमुख घिमिरेले ‘संसदीय कूटनीति :शान्ति र समझदारीको लागि सेतु निर्माण’ विषयमा सङ्घीय संसद्को तर्फबाट आफनो वक्तव्य दिने कार्यक्रम छ।

सभामुख नेतृत्वको टोली चैत १६ गते बिहान स्वदेश फिर्ता हुने कार्यक्रम रहेको संसद सचिवालयले जानकारी दियो।

Recent Comments

No comments to show.