पहाडी भेगमा आज पनि मेघगर्जन सहित वर्षा, उच्च भेगमा हिमपात

पहाडी भेगमा आज पनि मेघगर्जन सहित वर्षा, उच्च भेगमा हिमपात

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी केही भू–भागमा आंशिक बदली हुनेछ भने बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहने छ । आज दिउँसो पहाडी भू–भागका केही स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राती कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहारमा सिर्जित न्यून चापीय प्रणालीका कारण नेपालको मौसम प्रभावित भएको छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० दशमल ९ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २३ दशमलव ३ डिग्रीसम्म पुग्ने महाशाखाको अनुमान छ ।

गत २४ घण्टामा काठमाडौंमा ५ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा धेरै धनकुटामा ४८ दशमलव ५ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

Recent Comments

No comments to show.