विनोद चौधरीको बयान-‘बुबाको पालामा कानुनअनुसार आएको जग्गा हो, हडपेका होइनौं’

विनोद चौधरीको बयान-‘बुबाको पालामा कानुनअनुसार आएको जग्गा हो, हडपेका होइनौं’

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबीले) बयान लिएको छ ।

सरकारी जग्गा हिनामिना गरेको आशङ्कामा सिआइबीले चौधरीमाथि अनुसन्धान थालेको संसद् सचिवालयमार्फत सभामुख देवराज घिमिरेलाई जानकारी गराएसँगै आज बयान लिएको हो ।

बयानको क्रममा चौधरीले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा कानुनीरुपमा नै आफ्नो नाममा आएको दिएका छन् । बयानमा भनेका छन्, ‘हामीले अवैध र गैर कानुनी ढंगले सरकारी जग्गा हडपेका होइनौँ । त्यो मेरा बुबाकै पालामा कानुनी रुपमा आएको हो । यसमा मेरो कुनै भूमिका नै छैन ।’

उनले आफ्नो परिवार विगत १४० वर्षदेखि देशका विभिन्न भागमा परियोजना सञ्चालनमा रहेको बताउँदै १० रोपनी जग्गाका लागि कुदृष्टि राख्छ भनेर सोच्नु नै विकृत मानसिकताको उपजबाहेक केही पनि नभएको बताए ।

‘१० रोपनी जग्गाको बारेमा कुदृष्टि राख्छ भनेर सोच्नु नै विकृत मानसिकताको उपजबाहेक केही पनि होइन । मेरो आफ्नो ४५ वर्षको लामो अनुभवको आधारमा, उद्योग वाणिज्य महासंघको पूर्वअध्यक्ष र सीएनआईको पूर्वअध्यक्षको हैसियत र विचारकको हैसियतले मैले अहिलेसम्म विकासको राजनीति गरेँ । दलगत राजनीतिमा सक्रिय भइन, दलहरुका बीचका मतभेदमा सरिक भइन ।’

मेरो ४५ वर्षको लामो व्यवसायीक यात्रामा उद्यमीको हैसियतले, विचारक र राजनीतिकर्मीको हैसियतले जहिले पनि विकासको राजनीति गरेँ । दलगत राजनीतिमा लागेर गलत प्रवृत्तिलाई कहिले पनि प्रश्रय दिइनँ । दलहरु बीचका आपसी जोडघटाउ र मतभेदमा सरिक भइनँ । प्रोफेसनल र विकासप्रेमीको रुपमा आफूलाई उभ्याएँ ।

आज यो इस्यूमा उद्यमी र उद्यममाथि, लगानीकर्ता र करदातालाई राजनीतिकरण गर्न खोजेको प्रष्टसँग देखियो ।

Recent Comments

No comments to show.