काठमाडौं । सूर्यज्योति लाइफले नयाँ वर्ष २०८१ को क्यालेन्डर सार्वजनिक गरेको छ । कम्पनीले नेपाली कला र सस्कृतिसम्बन्धी विषयहरु समेटेर क्यालेन्डर प्रकाशन गरेको हो ।
क्यालेन्डरमा बिदाको सूची पर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश गरिएको कम्पनीले जनाएको छ । नेपाली कला, साहित्य, संस्कृति र सभ्यतालाई संरक्षण तथा प्रवद्र्धन गर्न आवश्यक रहेको कम्पनीले जनाएको छ ।
‘संस्कृति जोडिएको छ हाम्रो, पूर्वमेचीदेखि पश्चिम महाकाली सम्म, मुहारमा निश्चिल हाँसो भरिएको छ हाम्रो, हरेक रीतिरिवाज र भेगमा’ भन्ने नारासहित क्यालेन्डर ल्याएको हो ।
कम्पनीले देशको विभिन्न भागमा मनाइने आफ्नै मौलिक कला संस्कृतीका तस्विरहरु क्यालेण्डरमा संकलन गरेको छ ।
प्रतिक्रिया