लोसपाको केन्द्रीय समिति बैठक आज पनि बस्दैं

लोसपाको केन्द्रीय समिति बैठक आज पनि बस्दैं

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । लोकतान्त्रिक समाज पार्टी नेपालको केन्द्रीय समितिको बैठक आज पनि जारी रहने छ । महोत्तरीको बर्दिवासमा हिजोदेखि सुरू भएको बैठक आज पनि जारी रहने भएको हो ।

राजेन्द्र महतोले पार्टी परित्याग गरेर हिँडेपछि भिन्न स्थितिका बारेमा छलफल गर्नका लागि समेत लोसपाले केन्द्रीय समिति बैठक बोलाएको हो । बैठकमा जितेन्द्र सोनल, सर्वेन्द्रनाथ शुक्ला र रामप्रकाश चौधरीले प्रस्तुत गरेको प्रतिवेदनलाई छलफल गरेर निष्कर्ष निकालिने जनाइएको छ ।

नेताहरूले प्रस्तुत गरेको प्रतिवेदनलाई छलफल गर्न १० वटा समुह निर्माण गरिएको र उनीहरूले रायसहितको निष्कर्ष दिएपछि प्रारम्भिक चरणको बैठक समापन गरिने प्रवक्ता आभाष लाभले जानकारी दिए ।

बैठकमा ६४ जना पदाधिकारीसहित केन्द्रीय समितिका ३११ सदस्य उपस्थित रहेका छन् ।

Recent Comments

No comments to show.