काठमाडौं । सरकारले कोषहरि निरौलालाई अध्यागमन विभागको महानिर्देशक बनाएकाे छ । गृह मन्त्रालयले मंगलबार गृहका सहसचिव रहेका निरौलालाई अध्यागमन विभागमा महानिर्देशकमा सरुवा गरेको हो ।
विभाग १ महिनादेखि नेतृत्वविहीन थियो । तत्कालीन महानिर्देशक रुद्रसिंह तामाङविरुद्ध फागुन ६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेपछि उनी विभागको जिम्मेवारीबाट हटेका थिए ।
महानिर्देशक नहुँदा अध्यागमन सम्बद्ध विभिन्न सेवाहरु प्रभावित हुँदै आएका छन् ।
यसैगरी, सरकारले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयको प्रमुखमा नरबहादुर थापालाई पठाएको छ । हालका प्रमुख गोगनबहादुर हमाललाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाएर उनको ठाउँमा थापालाई पठाइएको छ ।
त्यसैगरी गृह मन्त्रालयले ११ वटा जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ ।
प्रतिक्रिया