काठमाडौं । सगरमाथा लुम्बिनी (सलिको) इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधरण सभा बोलाएको छ ।
कम्पनीले चैत २७ गते २७ औं वार्षिक साधरण सभा बोलाएको हो । कम्पनीको सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ
कम्पनीले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको करसहित ५ प्रतिशत नगद लाभांश पारित गर्ने प्रस्ताव मुख्य एजेन्डाको रुपमा लैजाने भएको छ । प्रस्तावित लाभांश सो सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।
त्यसैगरी, कम्पनीले सभामा गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब पारित गर्ने, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने लगायत एजेन्डा लैजाने छ ।
कम्पनीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि चैत १३ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार चैत १२ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।
प्रतिक्रिया