बीमामा आबद्ध अस्पतालले विशेषज्ञ सेवा सञ्चालन गर्नुपर्ने

बीमामा आबद्ध अस्पतालले विशेषज्ञ सेवा सञ्चालन गर्नुपर्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमामा आबद्ध भएका अस्पतालहरूलाई साताको एकदेखि तीन दिनसम्म नियमित बहिरङ्ग विशेषज्ञ सेवा (ओपीडी) सञ्चालन गर्न आग्रह गरेको छ ।

बोर्डका तर्फबाट परिपत्र जारी गर्दै बोर्डका शाखा अधिकृत यशोदा अर्यालले बीमामा आबद्ध अस्पताललाई नियमित ओपिडी सेवा सञ्चालन गर्न अनुरोध गरिएको बताए ।

उनका अनुसार १०० शय्यासम्मको अस्पतालले हप्तामा एक दिन, २०० शय्या सम्मको अस्पतालले हप्तामा दुई दिन र ३०० शय्या वा सो भन्दा माथिका अस्पतालले हप्तामा तीन दिन नजिकको आधारभूत वा प्रादेशिक अस्पतालमा नियमित विशेषज्ञ ओपिडी सेवा दिनुपर्ने छ ।

साथै सरकारी स्वास्थ्य संस्था (आधारभूत अस्पताल, प्रादेशिक अस्पताल)हरूले आफूलाई अत्यावश्यक परेको वा देखिएको अवस्थामा विशेषज्ञको सहयोग लिनका लागि नजिकको विशिष्टिकृत स्वास्थ्य संस्थासँग समन्वय गर्नुपर्ने बोर्डका शाखा अधिकृत अर्यालले बताए । उनका अनुसार हाल बोर्डमा करिब ४४० अस्पताल आबद्ध छन् ।

Recent Comments

No comments to show.