सर्वोत्तम सिमेन्टको आइपिओ नेप्सेमा सूचीकृत, कतिमा हुँदैछ पहिलो कारोबार?

सर्वोत्तम सिमेन्टको आइपिओ नेप्सेमा सूचीकृत, कतिमा हुँदैछ पहिलो कारोबार?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सर्वोत्तम सिमेन्टको प्राथमिक साधरण सेयर (आइपीओ) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।

कम्पनीले सोमबार संस्थापक, उद्योग प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधरणलाई जारी गरेको सेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार कम्पनीको प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड ६५ लाख कित्ता सेयर सूचीकरण भएको हो ।

नेप्सेले कम्पनी पहिलो कारोबारका लागि न्यूनतम १८५.३६ रुपैयाँदेखि अधिकतम ५५६.०८ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । यही रेन्जको बीचमा कम्पनीको पहिलो कारोबार खुल्नेछ ।

कम्पनीको सेयर कारोबारका लागि नेप्सेले SARBTM संकेत चिह्न प्रदान गरेको छ । नेप्सेमा सूचीकृत भएसँगै मंगलबारदेखि कम्पनीको सेयर कारोबारमा आउने छ । यद्यपि, प्रिओपन सेसनमा कारोबार हुन नसके नियमित सेसनमा कारोबारमा आउने छैन ।

Recent Comments

No comments to show.