झिनो अंकले बढ्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

झिनो अंकले बढ्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको दोस्रोदिन नेप्से परिसूचक ३.२७ अंकले बढेर २०७३.५३ विन्दुमा पुगेको हो ।

यसदिन ३०३ कम्पनीको २ अर्ब ८८ करोड ५६ लाख ३७ हजार ८१८ रुपैयाँ बराबरको ७४ लाख ५९ हजार ४२४ कित्ता शेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ४ वटा बाहेक सबैको परिसूचक बढेको छ । आज गोर्खा फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको २३ करोड १४ लाख रुपैयाँ बढिको २ लाख ९२ हजार ३८० कित्ता सेयर किनबेच भएको छ ।

बढ्दो बजारमा आज ५ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । गोर्खा फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, पाँचथर पावर, धौलागिरि लघुवित्त र पिपुल्स हाइड्रोपावरका शेयरधनीले १० प्रतिशत कमाएका छन् ।

Recent Comments

No comments to show.