जसपा सांसद अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेर प्रतिनिधिसभा बैठक स्थगित

जसपा सांसद अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेर प्रतिनिधिसभा बैठक स्थगित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभाले सांसद मञ्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

आज (आइतबार) बसेको बैठकले जनता समाजवादी पार्टी (जसपा) की सांसद अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो। शोक प्रस्ताव पारित भएलगत्तै सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक स्थगित भएको जानकारी दिए।

जसपाको पोलिटब्युरो सदस्यसमेत रहेकी ६० वर्षीय शर्माको काठमाडौंस्थित सिभिल अस्पतालमा आइतबार बिहान उपचारका क्रममा निधन भएको हो। उनी २०७९ चैत १९ गते प्रतिनिधिसभा सदस्य चयन भएकी थिइन्।

अर्को बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएकाे छ।

Recent Comments

No comments to show.