वैदेशिक लगानी प्रतिवद्धता साउनपछिकै धेरै, २५३ उद्योग दर्ता

वैदेशिक लगानी प्रतिवद्धता साउनपछिकै धेरै, २५३ उद्योग दर्ता

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को ८ महिनामा २५३ नयाँ उद्योग दर्ता भएका छन् ।

उद्योग विभागको तथ्यांक अनुसार साउन १ गतेदेखि फागुन विभागमा दर्ता भएका २५३ उद्योगमध्ये २३८ वटा साना, १२ वटा मध्यम र तीन वटा ठूला उद्योग दर्ता भएको विभागको तथ्यांक छ। त्यस्तै क्षेत्रगत रूपमा सबैभन्दा बढी पर्यटन र सेवा क्षेत्रमा उद्योगहरू दर्ता भएका छन्।

गत वर्ष ८ महिनाको अवधिमा १५९ वटा उद्योग दर्ता भएको थियो । फागुन महिनामा साउनपछिकै सबैभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता आएको हो । विश्वका विभिन्न विदेशी लगानीकर्ताहरुले नेपालमा उद्योग खोल्नका लागि गरेको लगानी प्रतिवद्धता फागुन महिना पछिको सबैभन्दा धेरै हो ।

विभागको अनुसार फागुन महिनामा मात्रै ६ अर्ब ४७ करोड रूपैयाँको वैदेशिक लगानीको प्रतिवद्धता आएको छ।गत बर्ष २०७९ को फागुन महिनामा एक अर्ब ९२ करोड रूपैयाँको मात्रै लगानी प्रतिवद्धता आएको थियो।

त्यस्तै, चालु आर्थिक वर्षको आठ महिनाका अवधिमा २९ अर्ब १३ करोड रूपैयाँको लगानी प्रतिवद्धता आएको छ। गत आर्थिक वर्षको आठ महिनामा २० अर्ब ५६ करोड रूपैयाँ बराबरको प्रतिवद्धता आएको छ।

Recent Comments

No comments to show.