राससका बागमती प्रदेशका पत्रकारहरुका लागि डिजिटल पत्रकारिता तालिम

राससका बागमती प्रदेशका पत्रकारहरुका लागि डिजिटल पत्रकारिता तालिम

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । राष्ट्रिय समाचार समितिकाे बागमती प्रदेशमा क्रियाशील पत्रकारहरुकाे लागि ‘डिजिटल पत्रकारिता तालिम’ आजबाट ललितपुरमा सुरु भएको छ । बागमती प्रदेशका १३ वटा जिल्लाका ४३ जना पत्रकारहरुलाई लक्षित गरेर सञ्चालन गरेकाे तालिम आजबाट ३ दिनसम्म सञ्चालन हुनेछ  । 

तालिमको उद्घाटन समारोहमा मन्तव्य राख्नुहुँदै सञ्चार रजिस्ट्रारकाे कार्यालय बागमती प्रदेशका रजिस्ट्रार रेवती सापकोटाले राष्ट्रिय समाचार समिति समाचारहरुकाे मुहान भएको बताउनुहुँदै यसलाई सफा र शुद्धीकरण गर्नका लागि याे तालिम आयाेजना गरिएको बताए । 

उनले राससले प्रकाशन गरेका देशका धेरै समाचार माध्यममा प्रकाशित हुने हुँदा यहाँ प्रकाशित हुने समाचारलाई प्रभावकारी बनाउन आवश्यक भएको धारणा राखे । उनले तालिममा हासिल षरेका बिषय बस्तुहरुलाई राम्रोसँग ग्रहण गरेर समाचार सम्प्रेषणमा लागू गर्न आग्रह गरे । 

“बिषयबस्तु छनाेट र प्राविधिक रुपमा कसरी सक्षम हुने भन्ने बिषयमा नयाँ खालकाे तालिमकाे आयाेजना गरिएको हाे । तपाईंहरुले उत्पादन गर्ने समाचार बढिभन्दा बढि गुणस्तरीय हुनुपर्छ भन्ने हाम्रो मान्यता हाे, गुणस्तरीय समाचारले राम्रो अर्थ राख्छ ।” रजिस्ट्रार सापकोटाले भने । 

उनले १३ वटै जिल्लाका साथीहरुसंग समन्वय गरेर समाचार संकलन गर्न सक्ने वातावरण तयार गर्न पनि याे तालिमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ भन्ने अपेक्षा राखे । उनले पत्रकारहरुलाई संघ प्रदेश तहका कानूनका बारेमा जानकारी दिने माध्यम तपाईंहरु पनि हुन सक्नुपर्छ भन्नेमा जाेड दिए । उनले मान्छे सृजनशील हुन्छ भन्नुहुँदै तपाईहरुले आवश्यकता अनुसार सामाजिक सञ्जाल र अन्य माध्यमलाई उपयाेग गर्न सक्नुपर्छ भन्ने बताए । उनके क्षमतावात पत्रकार बन्न क्रियटिभ हुनु आवश्यक रहेकाे बताए । 

आजबाट सुरु भएको तालिमकाे पहिलाे दिनकाे पहिलाेसत्रमा राससका महाप्रबन्धक सिद्धराज राईले राष्ट्रिय समाचार समितिकाे पृष्ठभूमिका बिषयमा जानकारी गराउदै पत्रकारहरुसंग राससकाे अपेक्षाका बिषयमा पत्रकारहरुलाई सहजीकरण गर्नुभएको छ। यसपछि प्रधानसम्पादक एकराज पाठकले समाचार सम्प्रेषण र सूचनाको हककाे प्रयाेग बिषयमा सहजीकरण गर्नुहुने कार्यक्रम रहेकाे छ ।

Recent Comments

No comments to show.