सीआईबीकी प्रमुख बज्राचार्यलाई कारवाहीको सिफारिस

सीआईबीकी प्रमुख बज्राचार्यलाई कारवाहीको सिफारिस

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुन तस्करीसम्बन्धी अनुसन्धानमा कतिपय व्यक्ति जोगाउन पदको दुरुपयोग गरेको ठहर गर्दै छानबिन आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यलाई कारवाही सिफारिस गरेको छ ।

मुद्दा चलाउनुपर्नेलाई समेत जोगाएको आरोपमा आयोगले बज्राचार्यलाई समेत कारबाहीको सिफारिस गरेको हो ।

एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई पनि विभागीय कारबाहीको सिफारिस भएको छ । गृहमन्त्री रवि लामिछानेले प्रतिवेदन अध्ययन गरेपछि प्रधानमन्त्रीलाई जानकारी दिएर उनीमाथि विभागीय कारवाही अघि बढाउन लागेका छन् ।

Recent Comments

No comments to show.