माछापुच्छ्रे बैंकका ग्राहकले बिगमार्टमा १० प्रतिशत छुट पाउने

माछापुच्छ्रे बैंकका ग्राहकले बिगमार्टमा १० प्रतिशत छुट पाउने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकले पोखरामा हालै संचालनमा आएको बिगमार्ट सुपरमार्केटमा १० प्रतिशत छुट पाउने भएका छन् ।

बैंकका ग्राहकले डेबिट/क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा छुट पाउने भएका हुन् । बैंकले ग्राहकले डेबिट कार्ड मार्फत कारोबार गरेको खण्डमा प्रतिव्यक्ति १० प्रतिशत वा बढिमा रु.२०० सम्म क्यासब्याक तथा क्रेडिट कार्ड मार्फत कारोबार गरेको खण्डमा अधिकतम रु २०० सम्म छुट पाउने व्यवस्था गरेको हो ।

यो क्यासब्याक अफर पोखराका बिगमार्टका रामबजार, पस्र्याङ, बगर, शितलादेवी, र फूलबारी शाखामा उपलब्ध हुनेछ ।

माछापुच्छ्रे बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सँग व्यवसायिक सम्झौता गरी आफ्ना ग्राहकहरूलाई आकर्षक छुट प्रदान गर्दै आइरहेको छ । यस प्रकारको सम्झौताले गर्दा ग्राहकहरूलाई सुविधा लगायत व्यापार व्यवसाय तथा पर्यटन प्रवद्र्वनमा सघाउ पुग्दै आइरहेको छ ।

साथै बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने उद्देश्यका साथ ग्रीन बैंकिङ्गलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम डिजिटल उत्पादन तथा सेवाहरू संचालन गरिरहेको छ ।

Recent Comments

No comments to show.