जिल्ला सुरक्षा समितिका अधिकारीलाई उपप्रधान एवं गृहमन्त्रीका १० बुँदे निर्देशन

जिल्ला सुरक्षा समितिका अधिकारीलाई उपप्रधान एवं गृहमन्त्रीका १० बुँदे निर्देशन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानले सबै जिल्लाका जिल्ला सुरक्षा समितिका अधिकारीहरुलाई १० बुँदे निर्देशन दिएका छन् ।

लामिछानेले आज गृह मन्त्रालयले राम्ररी काम गर्न सक्यो भने नागरिकले सरकार छ भन्ने अनुभूत गर्ने भन्दै सहज रुपमा न्याय र सुरक्षा पाउने व्यवस्था गर्न निर्देशन दिएका छन् । यो गृह प्रशासनको दायित्व भएको उनको भनाइ छ ।

‘सरकारले अधिकार दिएका हामीले प्रभावकारी काम गर्न नसक्दा नै समाजमा निरासा बढ्यो’, निर्देशन दिँदै मन्त्री लामिछानेले भने ‘बेथितिमा रमाउने बानी प¥यो। समाज कस्तो हुनुपर्छ भन्ने हामीले बिर्सिसक्यौं । मलाई भन्दा तपाईंलाई थाहा छ कहाँ बिग्रिएको र कहाँ सुधार्नु पर्छ भन्ने । तर, खै त बिग्रिएको सुधारेको ?’

उनले अब एकपटक समस्या समाधानको प्रण गर्न निर्देशन दिए । प्रत्येक दिन नागरिकसँग ठोक्किने प्र्रशासन भएको भन्दै सुधार आफैबाट गर्न निर्देशन दिए ।

जिम्मेवार भएर काम गर्ने शैली थोरै परिवर्तन गर्दा परिणाम आउँने उनकाे तर्क छ । ‘एक दुई जनाले राज्यलाई चुनौती दिइरहेका छन्’ उनले भने, ‘हामी मौनजस्तै छौं। यो क्रम कहिलेसम्म ?’ निर्देशनमा होइन टीमको सदस्यका रुपमा योजनावद्ध र प्रभावकारी काम गर्न सबैलाई निर्देशन दिए ।

‘समाजमा रहेका गलत पात्र र प्रवृत्ति तपाईंहरु नै चिन्नुहुन्छ भने सुधारमा के समस्या रह्यो, मेरो तर्फबाट कानून पालना गर्ने पूर्णअधिकार तपाईंहरुसँग छ । त्यसको पूर्ण कार्यान्वयन गर्नुस् । कानूनभन्दा माथि निर्देशन हुन सक्दैन । आफ्नो अधिकार राजनीतिक नेतृत्वलाई नसुम्पनुस्’ उलने भने ‘ चोटाकोठामा दौडने काम हाम्रो हो, सेवाग्राहीको होइन । तस्करी नियन्त्रण गर्न, सुरक्षा कायम गर्न, प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न र गुण्डागर्दी नियन्त्रण गर्न कसैको निर्देशन कुरिरहनु पर्दैन । गृह मन्त्रालय हिजो कसरी चलेको थियो थाहा छैन, अब हिजोको जसरी चल्दैन । गृह मन्त्रालयको नेतृत्व फेरिएको महशुस नागरिकले भोलि नै महशुस गर्नुपर्छ । कति दिन रहन्छु थाहा छैन । जति रहन्छु राम्रो गर्छु । नागरिकलाई आशा दिनुबाहेक मेरो स्वार्थ छैन ।’

सबैतिर निषेधित क्षेत्र लोकतन्त्रको भद्दा मजाक भएको उनकाे बुझाई छ । ‘सुरक्षाको बहानामा शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने ठाउँ खुम्च्याउनु हुँदैन । अराजकता र सस्तो लोकप्रियताका लागि अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग भइरहेको छ भने त्यसलाई रोक्नुस्’ उनले भने ‘होइन उनीहरुले प्रमाणित र तथ्यपूर्ण कुरा गरेका छन् भने प्रमाणका साथ कानूनले जे भन्छ त्यही गर्नुस्।’

समस्या लिएर आउनेको तत्काल काम गरिदिन,  नागरिक समस्या लिएर सिंहदरबार आउनु नपरोस्, समाधान नभएका समस्या चाहिँ अधिकारी मार्फत ल्याउन आग्रह गरे ।

पीडितको पक्षमा उभिन, पीडितलाई थप पीडा दिने काम नगर्न, किसानका समस्यालाई प्राथमिकता दिन, अवैध आयात नियन्त्रण गर्न, नेपाली उत्पादनले बजार नपाउने, अवैध आयात भइरहने क्रम रोक्न आग्रह गरे ।

कार्यक्रममा गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्त कुँबर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक ओकप्रकाश जोशीले  जिल्ला सुरक्षा समितिका अधिकारीलाई सुरक्षा, सुशासन, सेवा प्रवाह, नागरिक सेवालगायत विषयमा निर्देशन दिए ।

Recent Comments

No comments to show.