ब्राउन सुगरसहित एक युवक पक्राउ

ब्राउन सुगरसहित एक युवक पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सिरहामा लागु औषसहित एक युवक पक्राउ परेका छन् । जिल्लाको औरही गाउँपालिका १ दरैहियाचोकस्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले कर्जन्हा नगरपालिका २ बस्ने २७ वर्षीय राजेश ठाकुरलाई पक्राउ गरेको हो । 

भारतबाट नेपाल आउँदै गरेका ठाकुरलाई चेकजाँचका क्रममा १७.६९ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । ठाकुरबाट को ४ पं ८२८४ नम्बरको होन्डा साइन मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

लागुऔषध र मोटरसाइकल सहित ठाकुरलाई जिल्ला प्रहरी कार्यालय सिरहाले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

Recent Comments

No comments to show.