काठमाडौं। नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर निष्काशन गर्ने भएको छ । बैंकको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले ८ वर्षे अवधिका लागि पर्पेचुअल प्रकृत्तिको अग्राधिकार शेयर जारी गर्ने निर्णय गरेको हो ।
नियामक निकायले स्वीकृत दिएपछि मात्रै उक्त सेयर जारी गर्ने बैंकले जनाएको छ । बैंकका अनुसार प्रतिइकाइ १०० रुपैयाँ दरका ५ करोड इकाइ अर्थात् ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर निष्काशन गर्न लागिएको हो ।
उक्त इकाइ खरिद गर्नेहरुले प्रतिवर्ष ८ प्रतिशतका दरले लाभांश पाउने छन् र उक्त इकाइहरु ८ वर्षपछि स्वत सेयरमा परिणत हुनेछ । यो उपकरणलाई नबिल बैंकले ८ प्रतिशत नबिल डिबेञ्चर २०७९ नाम दिएको छ ।
त्यस्तै बैंक सञ्चालक समितिले ८ वर्ष अवधिको लागि ८ प्रतिशत ब्याजदरको नबिल बैंक डिवेञ्चर २०८९ पनि जारी गर्ने प्रस्ताव गरेको छ । अग्रिाधिकार शेयर र डिबेन्चर दुवै जारी गर्न राष्ट्र बैंकले स्वीकृति दिनुपर्नेछ ।
प्रतिक्रिया