सेबोनको अध्यक्ष बन्न १९ जनाको आवेदन, को को छन् दावेदार (सूचीसहित)

सेबोनको अध्यक्ष बन्न १९ जनाको आवेदन, को को छन् दावेदार (सूचीसहित)

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को रिक्त अध्यक्ष पदका लागि १९ जनाको आवेदन परेको छ । नेपाल धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले जारी गरेको सूचना अनुसार अन्तिम दिन बुधबार साझँसम्म १९ जनाको आवेदन प्राप्त भएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

बोर्डको अध्यक्षका लागि चिरन्जीवी चापागाईं, कृष्णराज पोखरेल, सन्तोष नारायण श्रेष्ठ, नवराज अधिकारी, गोपालप्रसाद भट्ट, निरज गिरी, केशवप्रसाद श्रेष्ठ, कृष्णप्रसाद अधिकारी, रघुराज काफ्ले, मुक्तिनाथ श्रेष्ठ, प्रविन पन्दाक, सुर्यप्रसाद अधिकारी, रामदेव यादव, सीताराम थपलिया, बिमलकुमार तिवारी, रामकृष्ण खतिवडा, खगेन्द्र कटुवाल, मुक्ति अर्याल र कृष्णबहादुर कार्कीले आवेदन दिएका छन् ।

गत पुस २० देखि सेबोनमा अध्यक्ष पद खाली रहेको छ । नयाँ अध्यक्ष नियुक्तिका लागि सरकारले गत माघ पहिलो साता सिफारिस समिति गठन गरेको थियो । समितिका सदस्यमा अर्थसचिव कृष्णहरू पुष्कर र विज्ञ सदस्यमा उदय निरौला छन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठित समितिले यही फागुन १६ मा अध्यक्षका लागि आवेदन आह्वान गरेको थियो । प्राप्त आवेदनमध्ये समितिले पहिलो चरणमा ५ जना छनौट गर्ने र दोस्रो चरणमा ३ जना छनौट गरी नियुक्तिका लागि सरकारलाई सिफारिस गर्ने छ ।

समितिले सिफारिस गरेका ३ जनामध्येबाट एक जना सरकारले बोर्ड अध्यक्षमा छनौट गर्नेछ ।

Recent Comments

No comments to show.