बागमती प्रदेश सभा बैठक आज पनि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । बागमती प्रदेश सभाको बैठक बुधबार पनि बस्दैछ। बैठक दिउँसो ३ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ। 

बैठकमा विशेष समितिको प्रतिवेदनमाथि दफावार छलफल गरी पारित गर्ने कार्यसूची छ। मंगलबारको बैठकमा बजेट तथा कार्यक्रम विशेष समितिका संयोजक गोविन्दप्रसाद लम्सालले प्रतिवेदन टेबुल गरेका थिए।

बजेट कार्यन्वयनमा लामो समय विवाद भएपछि बजेट तथा कार्यक्रम व्यवस्थापनसम्बन्धी ११ सदस्यीय विशेष समिति गठन गरिएको थियो। समितिले कार्यविधि निर्माण गरी सत्तापक्ष र प्रतिपक्षबीचको सहमतिलगायत विषयमा अध्ययन तथा परामर्श गरी हिजोको बैठकमा प्रतिवेदन पेश गरेको हो। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।