प्रधानमन्त्रीलाई दिल खोलेर विश्वासको मत दिन एमाले सांसदलाई ओलीको आग्रह

प्रधानमन्त्रीलाई दिल खोलेर विश्वासको मत दिन एमाले सांसदलाई ओलीको आग्रह

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिल खोलेर विश्वासको मत दिन आफ्ना सांसदहरूलाई आग्रह गरेका छन्। 

मंगलबार बसेको पार्टीको संसदीय दलको बैठकमा सम्बोधन गर्दै उनले बिना हिचकिचाहट मत दिन सांसदहरूलाई आग्रह गरेका हुन्।

संसदीय दलको बैठकमा उनले भोलि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाए अल्पमतको सरकार बन्ने र देश दुर्घटनामा जाने बताए।

विगतमा प्रधानमन्त्रीले नराम्रो काम गरेको भए पनि अनुचित गठबन्धन छाडेर सही कदम चालेको अहिले एकदम राम्रो काम गरेका बताए ।

‘यतिबेला अर्को कुनै अप्सन छैन । कि त प्रचण्डको नेतृत्वमा यो समीकरण कायम रहन्छ कि त ७६(३) अनुसार कांग्रेसको नेतृत्वमा अल्पमतको सरकार बन्छ भोलि उनले भने ।’ प्रचण्ड नेतृत्वको सरकारको आलोचना नगर्न निर्देशन पनि दिए ।

Recent Comments

No comments to show.