पीएनजीलाई हराउँदै नेपाल फाइनलमा, कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शन

पीएनजीलाई हराउँदै नेपाल फाइनलमा, कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल हङकङमा जारी टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा प्रवेश गरेको छ । ओपनर कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनले लिग चरणको दोस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी)लाई ८५ रनले पराजित गरेको नेपाल  २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो ।

जितको लागि १९९ रनको विशाल विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६.१ ओभरमा ११३ रनमा अल आउट भयो । पीएनजीका हिरी हिरीले २८ रन बनाए । ओपनर सेसे बाउले २१ र टोनी उराले १३ रन थपे । नोसाइना पोकानाले १२ रन जोडे ।

नेपालका कुशल भुर्तेलले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए । प्रतिश जि.सीले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । गुलशन झा र आकाश चन्दले १-१ विकेट लिए । 

त्यसअघि, दुई ब्याटरले अर्धशतक बनाउँदा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९८ रन बनाएको थियो ।

नेपालका ओपनर भुर्तेलले ३९ बलमा समान चार चौका र छक्कासहित ५९ रन बनाए । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भुर्तेलको यो आठौँ अर्धशतक हो ।

सन्दीप जोराले २६ बलमा तीन चौका र चार छक्कासहित ५६ रन बनाए । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपको यो दोस्रो अर्धशतक हो ।

शृंखलाअन्तर्गत नेपाल र हङकङबीच भएको पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो।  अब पीएनजी र हङकङबीच हुने खेलको विजेताले नेपालसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ।

Recent Comments

No comments to show.