राष्ट्रिय सभा अध्यक्षका लागि आज मतदान : माओवादीका दाहाल र कांग्रेसका शर्मा प्रतिस्पर्धामा

राष्ट्रिय सभा अध्यक्षका लागि आज मतदान : माओवादीका दाहाल र कांग्रेसका शर्मा प्रतिस्पर्धामा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय सभाको अध्यक्षका लागि मंगलबार मतदान हुँदैछ। बिहान ११ : ०९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाउने संसद् सचिवालको कार्यतालिका छ।

राष्ट्रिय सभा अध्यक्षका लागि दुई उम्मेदवार चुनावी मैदानमा छन्। सत्ता गठबन्धनबाट माओवादी केन्द्रबाट नारायण दाहाल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका तर्फबाट युवराज शर्मा उम्मेदवार छन्।

राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सदस्य नारायण दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालका भाइ हुन्।  २०७८ मा दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित भएका थिए। सरकारको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी थिइन्।

माओवादी, एमाले, एकीकृत समाजवादी र जसपा लगायतको सत्ता गठबन्धनमा राष्ट्रिय सभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने सहमति भएको थियो। उपाध्यक्षमा नेकपा एमालेको उम्मेदवार बन्ने सहमति छ।

कांग्रेसले अघि सारेका शर्मा लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन्। उनी ०४५ सालमै पार्टीको बाँके सभापति भएर काम गरेका थिए। 

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिएसँगै नयाँ अध्यक्षका लागि निर्वाचन हुन लागेको हो।

Recent Comments

No comments to show.