ललितपुर । ललितपुर महानगरको वडा नं. १३ कुसुन्तीकाे रिङराेड सडकमा लिफ्ट सहितकाे अपाङ्गतामैत्री आकाशे पुलकाे सिलान्यास भएको छ ।
एकान्तकुना यातायात कार्यालयबाट सातदोबाटोतर्फ करिव ५ मिटरकाे दूरीमा बन्न लागेको याे आकाशे पुलमा सडककाे दुवैतर्फ लिफ्ट हुनेछ । ललितपुर महानगरपालिकाकाे ४ कराेड ६८ लाख ९ हजार पाँच सय ६१ रुपैयाँकाे लागतमा निर्माण सम्पन्न हुनेछ । एक बर्षभित्र निर्माण सम्पन्न हुने उक्त अपाङ्गमैत्री आकाशेपुलकाे महानगर प्रमुख चिरीबाबु महर्जनले आज बिशेष पूजासहित सिलान्यास गरेका हुन ।
उक्त पुल निर्माणका लागि निर्माण व्यवसायी लामा प्रगति – मणि बुद्ध जे भीले महानगरसंग फागुन २० गते सम्झौता गरी २१ गतेदेखि १२ महिनाभित्र काम सम्पन्न गर्नेगरी ठेक्कामा लिएको महानगरका सिडिई प्रदिप पाैडेलले जानकारी दिए । याे आयाेजनाकाे परामर्शदाता डि.बि. मल्टि इन्जिनियरिङ प्राइभेट लिमिटेड रहेकाे छ । पुलकाे पाँच बर्षसम्मकाे मर्मतसम्भार निर्माण व्यवसायीले नै गर्नुपर्ने छ ।
सिलान्यास पश्चात् मन्तव्य राख्दै ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले आफूहरु नयाँ नाैलाे काम गर्न रुचाउने बताउनदै याे सम्भवतः नेपालमै पहिलाे भएको बताए। “याे क्षेत्रमा दुर्घटना भएर १७ जनाभन्दा बढिले ज्यान गुमाइसकेका छन् , महानगरबासीलाई बचाउनका लागि याे काम गर्न धेरै मेहनत गर्नु पर्याे । अब याे निर्माणका क्रममा नेपाल सरकारकाे कुनै पनि तहबाट बाधा व्यावधान हुँदैन भन्ने प्रतिवद्धता गर्छौं । निर्माण व्यवसायी, परामर्शदाताहरुबाट पनि याे काममा कुनै विलम्ब नहाेस् ।” प्रमुख महर्जनले भने ।
उनले कुनै पनि आयाेजना समयमा सम्पन्न नहुने गरेका कारण नेपालमा ठेकेदारहरुप्रति नकारात्मक धारणा रहेकाे भन्दै त्यस्तो यहाँ नहाेस् भन्ने धारणा राखे । उनले आयाेजना निर्माणमा सुरक्षा पहिलाे प्राथमिकता भन्ने सिद्धान्तमा आधारित रहेर काम गर्न आग्रह समेत गरे । प्रमुख महर्जनले आयाेजना निर्माणका क्रममा गुणस्तरमा कुनै हालतमा पनि सम्झौता हुनुहुँदैन भन्दै यसका लागि निर्माण कम्पनी, परामर्शदाता र यसमा संग्लग्न इन्जिनियरहरुले ध्यान दिनु हुनेछ भन्ने विश्वास व्यक्त गरे ।
उनले निर्माणका क्रममा आइपर्ने समस्या समाधान गर्न स्थानीयहरुकाे सहयाेग अपरिहार्य छ भन्दै निर्माणका क्रममा सहजीकरणका लागि आग्रह गरे ।
उनले ललितपुर खण्डमा पर्ने रिङ्गराेडकाे
७ दशमलव ९ किलोमिटर सडकमा स्मार्ट स्टेट लाइट जडानका लागि ठेक्का आव्हान भइ छनाैटकाे चरणमा रहेकाे बताउदै एक बर्षभित्र जडान सम्मान हुने बताए ।
वडा नं. १३ का अध्यक्ष गणेश के.सी.ले चार बर्षकाे प्रयासपछि याे पुल निर्माणका लागि सडक विभागबाट भदौ ११ गते स्वीकृत पाएकाे बताउदै याे क्षेत्रमा हुने सडक दुर्घटनाकाे जाेखिम राेक्नका लागि लगातार काम गरेर समय अगावै सम्पन्न गर्न आग्रह गरे ।
परामर्शदाता डि.बि. मल्टि इन्जिनियरिङ प्राइभेट लिमिटेडका प्रतिनिधि तथा आयाेजनाका डिजाइनर विनाेद न्याैपानेले शहरलाई साैन्दर्यिकरण हुने गरी पुलकाे डिजाइन गरिएको बताए ।
निर्माण व्यवसायी लामा प्रगति – मणि बुद्ध जे भी सञ्चालक चन्द्रबहादुर लामाले निर्माण व्यवसायीले चाहेर भन्दा पनि स्थानीयहरुकाे समन्वय र सहकार्यका कारण निर्माण सम्पन्न छिटो हुने बतार । उनले परामर्शदाताकाे तर्फबाट कुनै परिवर्तन भएन र स्थानीयकाे तर्फबाट कुनै बाधा अबरोध भने समयभित्रै काम सम्पन्न हुन्छ भन्ने प्रतिवद्धता व्यक्त गरे । महानगरले बजेटकाे अभाव नहुने गरि सम्झौता अनुसारकाे रकम समयमा नै उपलब्ध भयाे भने गुणस्तरमा सम्झौता नगरी निर्माण सम्पन्न गरेर आयाेजना हस्तान्तरण गर्ने बताए ।
प्रतिक्रिया