२५औं फ्लोरा एक्स्पो चैत पहिलो साता काठमाडौंमा

२५औं फ्लोरा एक्स्पो चैत पहिलो साता काठमाडौंमा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  २५औं फ्लोरा एक्स्पो चैत्रको पहिलो साता काठमाडौंमा आयोजना हुने भएको छ।

फ्लोरिकल्चर एशोसिएशन नेपालले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चैत्र १ गतेदेखि ४ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा मेला पुष्प मेला आयोजना हुने जानकारी दिएको हो।

‘स्वच्छ वाताबरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय ‘भन्ने मुल नारासहित पुष्प व्यवसायको विकास, विस्तार तथा प्रबर्द्धनको लागि एक्स्पो आयोजना गरिएको फ्लोरिकल्चर एशोसिएशन नेपालका उपाध्यक्ष एवं मेला संयोजक सिताराम पन्तले जानकारी दिए।

एक्स्पोमा व्यावसायिक स्टल ६० वटा, ल्याण्डस्केपिङ्ग स्टल ३ वटा, अफिसियल स्टल ८ वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल १ वटा, र १ वटा फूड स्टल सहित जम्मा ७३ वटा स्टल रहने छन् भने मेलामा आलंकारीक बोट बिरुवाहरु, कट फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, बिउबिजन, ग्रिनहाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री लगाएतको प्रदर्शनी तथा विक्री कक्ष रहने उहाले बताए।

मेलामा सहभागि भएका विभिन्न पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाहरु बीच स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न बिधाहरुमा प्रथम हुने पुष्प व्यवसायीलाई नगद, सिल्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने समेत आयोजकले जनाएको छ। एक्स्पो अवधिभर ५० हजार अवलोकन कर्ताद्वारा अवलोकन हुने तथा करिब एक करोडसम्मको व्यवसायीक कारोबार हुने अपेक्षा लिएको मेला संयोजक पन्तले बताए।

हाल देशभरका ४८ जिल्लामा करिव २२१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको फ्लोरिकल्चर एशोसिएशनले जनाएको छ। आर्थिक वर्ष २०७९/८० मा रु ३ अर्व ७ करोड भन्दा बढिको कारोबार भएको र अघिल्लो आर्थिक वर्षका तुलनामा ३३ दशमलव ६३ प्रतिशतले वार्षिक कारोबारमा वृद्धि भएको एशोसिएशनको भनाइ छ।

त्यस्तै आर्थिक बर्ष ०७९÷८० मा पुष्प तथा पुष्पजन्य बस्तुको निर्यात रु ६८ दशमलव १८ लाख र आयाततर्फ भने करिव ३३ करोड बरावरको कारोवार भएको भन्सार बिभागको तथ्याङ्क रहेको छ। 

Recent Comments

No comments to show.