काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष डा. वेदुराम भुसालले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पुनर्लेखन नगर्न नयाँ सत्तारुढ गठबन्धनलाई आग्रह गरेका छन् ।
सत्तारुढ एमाले र माओवादी केन्द्रबीच तत्कालीन अर्थमन्त्री डा. प्रकाशरण महतले संसदमा पेस गरेको आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता पुनर्लेखन नगर्दा उपयुक्त हुने उनको भनाइ थियो ।
आइतबार राष्ट्रियसभा बैठकमा सो विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै उपाध्यक्ष भुसालले अर्थमन्त्री वर्षमान पुनले उपस्थिति नभएकोमा असन्तुष्टिसमेत व्यक्त गरे ।
उपाध्यक्ष भुसालले विनियोजन विधेयकमाथिको छलफल अर्थमन्त्रीकै उपस्थितिमा हुनुपर्छ भन्ने आफ्नो धारणा रहेको पनि बताए ।
उनले अर्थ मन्त्रालयका प्रतिनिधिहरूलाई चालु छलफलमा भाग लिन आउनका लागि अर्थमन्त्री पुनसमक्ष सन्देश पुर्याउन पनि आग्रह गरे ।
प्रतिक्रिया