पद ठूलो हुँदैमा र मान्छे धनी हुँदैमा राम्रा हुँदैनन् : अध्यक्ष बिजुक्छे

पद ठूलो हुँदैमा र मान्छे धनी हुँदैमा राम्रा हुँदैनन् : अध्यक्ष बिजुक्छे

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मजदुर किसानहरू नै देशको बहुमत जनता भएको बताएका छन्।

शुक्रवार भक्तपुरको भाजपुखू र जलेश्वर मन्दिरको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले पद ठूलो हुँदैमा र मान्छे धनी हुँदैमा सबै राम्रा हुन्छन् भन्ने सत्य नरहेको स्पष्ट पारे।

उनले उनीहरूको गल्ती कमजोरीबाट सिकेर आमनागरिकले राम्रो काम गर्नुपर्नेमा जोड दिए। उनले पुरातात्त्विक र धार्मिक एवं सांस्कृतिक सम्पदाको संरक्षण र पुनः निर्माणमा राज्यका निकायले चासो नदिएको बताए।

उनले भने, ‘मजदुर किसानहरू नै देशको बहुमत जनता हो। पद ठूलो हुँदैमा मान्छे धनी हुँदैमा उनीहरू राम्रा हुन्छन् भन्ने सत्य होइन। त्यसकारण तिनीहरूको गल्ती कमजोरीबाट सिकेर त्यस्तो काम नहोस् भन्ने कुरा मनमा राखौँ।’

उनले जनताको स्तरबाटै कम नगरी विकास हुन नसक्ने अवस्था आएको बताए। उनले नयाँ पुस्ताले प्राचीन इतिहास र कलालाई संरक्षण गर्न आवश्यक रहेको बताए।

Recent Comments

No comments to show.