विश्वका २८ देशमा टेलिकमको सस्तो रोमिङ डाटा

विश्वका २८ देशमा टेलिकमको सस्तो रोमिङ डाटा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल टेलिकमले विश्वका २८ देशमा सस्तो रोमिङ डाटा प्रयोग गर्न सकिने सेवा उपलब्ध गराएको छ । विदेशमा पनि नेपाल टेलिकमकै सिम प्रयोग गरेर सेवाग्राहीले टेलिकमको डाटा चलाउन पाउने छन् ।

विदेशमा भएका नेपाल टेलिकमका प्रयोगकर्ताहरुले रोमिङ सेवा प्रयोग गर्दा सबैभन्दा बढी डाटा रोमिङ सेवा प्रयोग गर्ने गरेको र सेवा सञ्चालनमा रहेको मुलुकमा रहेका रोमिङ पार्टनरहरुसँग गरिएको सम्झौता अनुसार उक्त महसुल दरमा भारी कटौती भएकोले थप सस्तो दररेटमा सेवा सञ्चालन गरिएको टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमकै पोस्टपेड तथा प्रिपेड सिम प्रयोग गरी अस्ट्रिया, बहराइन, बंगलादेश, बेल्जियम, क्यानडा, चीन, ग्रीस, हंगेरी, आयरल्यान्ड, इजरायल, इटाली, जापान र कोरियामा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध हुनेछ ।

त्यसैगरी मलेसिया, म्यानमार, नेदरल्यान्ड, ओमान, पाकिस्तान, फिलिपिन्स, कतार, साउदी अरेयिबा, सिंगापुर, श्रीलंका, स्विजरल्यान्ड, यूएई, यूके, यूएसए र भियतनाममा समेत सस्तो दरमा डाटा रोमिङ सेवा प्रयोग गर्न सकिने छ ।

रोमिङ सेवा र यसको महसुल दरबारे विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोला । 

टेलिकमका अनुसार डाटा रोमिङ सुविधा प्रयोग गर्नका लागि ग्राहकहरुले अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गरेको हुनुपर्छ ।

Recent Comments

No comments to show.