शुरु भयो नेपाल चेम्बर एक्स्पो २०२४

शुरु भयो नेपाल चेम्बर एक्स्पो २०२४

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल चेम्बर एक्स्पो २०२४ काठमाडौंको भृकुटीमण्डपमा बिहीबाट सुरु भएको छ । स्थानीय उत्पादन प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले चेम्बर एक्स्पो आयोजना भएको हो ।

सातौं संस्करणको चेम्बर एक्सपोको उद्घाटन नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले गरे । एक्सपोको उद्घाटन गर्दै श्रममन्त्री अर्यालले कठिन अवस्थामा रहेको अर्थतन्त्रलाई स्वदेशी उत्पादन पर्वद्धनले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने बताए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक, सामाजिक क्षेत्रको विकासका लागि चेम्बर एक्स्पो २०२४ आयोजना गरिएको बताए । ‘मुलुकभित्रका यस्ता आर्थिक क्रियाकलापल देशमा उत्पादन भएका वस्तुलाई निर्यात साथै प्रवर्द्धन गर्नमा मद्दत पुर्‍याउने छ,’ उनले भने, ‘यस एक्सपोमा अन्तर्राष्ट्रि क्षेत्रको सहभागिताले त्यहाँ भइरहेका आर्थिक क्रियाकलाप, नवीतम प्रवधिको उपयोग एवं व्यापार व्यवसायका नयाँ आयामहरू नियाल्न नेपाली उद्योगी व्यवसायीलाई सहयोग पुग्नेछ भन्ने विश्वास लिएको छु ।’

उनले देश आयातमुखी भएकाले देशमा नै उत्पादित वस्तुको प्रवर्द्धन र निर्यात गर्न अति आवश्यक भएको पनि उनले बताए ।

प्रर्दशनीमा हस्तकलाका वस्तु, जडिबुटी, स्वास्थ्य सामग्री, घर–जग्गा व्यवसायी, खाद्य एवम् पेय पदार्थ, पहिरन, पाठ्यपुस्तक, सवारी साधन, निर्माण सामग्री, साना तथा घरेलु उद्योगका उत्पादन, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरू रहेका छन् । एक्स्पोमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीका १ सय ६० भन्दा बढी स्टल रहेका अध्यक्ष मल्लले जानकारी दिए ।

एक्सपो फागुन २८ गतेसम्म सञ्चालन हुनेछ ।

Recent Comments

No comments to show.