पेशागतकर्ममा अविचलित रहनेमा विश्वस्त छुः प्रधानसेनापति शर्मा

पेशागतकर्ममा अविचलित रहनेमा विश्वस्त छुः प्रधानसेनापति शर्मा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले स्वदेश तथा विदेशमाकार्यरत सकलदर्जा, अवकाशप्राप्त सैनिक तथा परिवार एवम् नेपाली सेनामा कार्यरत निजामतीकर्मचारीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । नेपाली सेनाको २६१औँ स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस्तो उल्लेख गरेका हुन् ।

सन्देशमा उनले नेपाली सेनाले जस्तोसुकै परिस्थितिमा पनि पेशागत चरित्रबाट विचलित नभई देशको सार्वभौमसत्ता, स्वाधीनता, राष्ट्रिय एकता र भौगोलिक अखण्डताको रक्षार्थ संविधान प्रदत्त एवम् नेपाल सरकारबाट प्राप्त जिम्मेवारी पूरा गर्दै आएको स्मरण गरे।

प्रधानसेनापति सैनिक सेवा आत्मसम्मान र देशभक्तिले भरिएको निःस्वार्थ पेशाभएको कुरालाई मनन गर्दै प्राप्त जुनसुकै जिम्मेवारीमा उच्च पेशागत दक्षता प्रस्तुत गर्न सकलदर्जालाई सेना दिवसले प्रेरित गरोस् भन्ने कामना गरेका छन् ।

Recent Comments

No comments to show.