आमनागरिकले महशुस गर्न सक्नेगरी काम गर्न गृह मन्त्रालय रोजेको हुँ : उपप्रधानमन्त्री लामिछाने

आमनागरिकले महशुस गर्न सक्नेगरी काम गर्न गृह मन्त्रालय रोजेको हुँ : उपप्रधानमन्त्री लामिछाने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आम नागरिकले महशुस गर्न सक्ने गरी काम गर्न आफूले गृह मन्त्रालय रोज्नुपरेको बताएका छन्।

राष्ट्रपति भवन शीतल निवासमा सपथग्रहण गरेलगत्तै बुधवार साँझ सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले शुरुमै गृह मन्त्रालय रोज्नुको कारणबारे स्पष्ट पारेका हुन्।

उपप्रधानमन्त्री लामिछानेले विगतका मन्त्रीहरुको जस्तै निरन्तरता मात्रै होस् भन्ने सोच बनाएर गृह मन्त्रालय रोजेको नभई फरक किसिमले आम नागरिकले महशुस गर्नसक्ने गरी काम गर्न सकिन्छ भन्ने आत्माविश्वासका आफूले गृह मन्त्रालयको कार्यभार लिएको बताए।

उनले त्यस अवसरमा आफ्नो कुनैपनि दबाब र प्रभावमा नपरी कानूनी राज्यको स्थापनाका लागि काम गर्न पनि मातहतका निकायलाई निर्देशन दिए। उपप्रधानमन्त्री लामिछानेले कानूनी राज्य स्थापना गर्ने शिलशिलामा कुनैपनि राजनीतिक प्रभावमा नपरी काम गर्न पनि सम्बन्धित निकायलाई सचेत गराए।

उनले आफ्नो नभई आम नागरिकको सुरक्षाका चिन्तित हुन पनि सुरक्षा निकायका सबै अधिकारीहरुलाई अपिल गरे।

Recent Comments

No comments to show.