जुनियर तथा युवा रेडक्रसको ५९ औं स्थापना दिवस विशेष कार्यक्रमका साथ सम्पन्न

जुनियर तथा युवा रेडक्रसको ५९ औं स्थापना दिवस विशेष कार्यक्रमका साथ सम्पन्न

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ । नेपाल रेडक्रस सोसाइटी जुनियर तथा युवा रेडक्रसको ५९ औंं स्थापना दिवस ‘विश्वव्यापी रूपमा अभिप्रेरित, स्थानीय रूपमा सशक्तकृतः जलवायु सम्बन्धी गतिविधिमा जुनियर तथा युवा’भन्ने मूलनाराका साथ देश व्यापी रूपमा मनाइएको छ ।

यसै उपलक्ष्यमा बुधवार नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा भौतिक रूपमा आयोजित कार्यक्रममा प्रदेश तथा जिल्ला तहबाट भर्चुअलरूपमा सहभागिता रहेको थियो ।

रेडक्रसका युवा स्वयंसेवकहरूको सक्रियता र व्यवस्थापनमा सञ्चालित सो कार्यक्रमको उद्घाटन युवा स्वयंसेवकहरू रविना चौंलागाईं र सुरजकुमार सिंहले संयुक्त रूपमा गरेका थिए ।  

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य एवं राष्ट्रिय जुनियर युवा समितिका संयोजक विष्णुराज नेपालको सभापतित्वमा भएको सो कार्यक्रममा सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपाल प्रमुख अतिथि रहेका थिए । 

कार्यक्रममा बोल्दै सोसाइटीका अध्यक्ष प्राध्यापक नेपालले रेडक्रसमा आवद्ध जुनियर युवाहरूलाई मानवीय सेवाका विभिन्न गतिविधिहरूमा सहभागी गराउँदै उनीहरूको सीप र दक्षता अभिबृद्धि गरी अगाडि ल्याउने संस्थाको उद्देश्य रहेको बताए । जलबायु परिवर्तनबाट उत्पन्न समस्यालाई सम्बोधन गर्न हाल रेडक्रसका युवाहरूबाट सञ्चालन भइरहेको परिवर्तक(द चेन्जमेकर) अभियानबाट महत्वपूर्ण योगदान पुग्ने बताउँदै उनले अभियानको पूर्ण सफलताको कामना गरे ।  

नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले सोसाइटीले नीतिगत र कार्यक्रमगत तहमा युवाहरूको भूमिकालाई विधानमा कसरी व्यवस्थित गरेर लैजान सकिन्छ भनेर छलफल र सुझाव संकलन गरिरहेको जानकारी गराए  ।  

कार्यक्रमका सभापति एवं राष्ट्रिय जुनियर युवा समितिका संयोजक विष्णुराज नेपालले जुनियर युवा रेडक्रसको इतिहास माथि प्रकाश पार्दै सबै जिल्लाका शिक्षण संस्था र समुदायमा जुनियर तथा युवाहरूको संलग्नतामा मानवीय सेवा प्रदान गर्ने सञ्जालको रूपमा नेपाल जुनियर र युवा रेडक्रस सर्कलहरूको स्थापना, विकास र विस्तार हुँदै आएको बताए ।  

कार्यक्रममा अभियानका क्रममा युवाहरूद्वारा तयार पारिएका जलवायु परिवर्तन सम्बन्धी ७ वटा भिडियोहरू प्रदर्शन गरिनुका साथै सुझावहरू संकलन गरिएको थियो ।  

Recent Comments

No comments to show.